logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • गठबन्धनका उम्मेदवारलाई उछिन्दै कलैयामा एमाले अगाडि

    गठबन्धनका उम्मेदवारलाई उछिन्दै कलैयामा एमाले अगाडि

    2.8K
    Shares

    काठमाडौं । कलैया उपमहानगरमा गठबन्धनका उम्मेदवारलाई उछिन्दै नेकपा एमालेका उम्मेदवार विनोद साह अगाडी देखिएका छन् । उपमहानगरको वडा नं १ र २ मा भइरहेको मतगणनामा एमालेका उम्मेदवार विनोद साहले एक हजार १७७ मत ल्याएका छन् ।

    प्रमुखमा गठबन्धनका साझा उम्मेदवार राजेश राय यादवले ६११ मत ल्याएका छन् ।

    त्यस्तै उपप्रमुखमा एमालेकी उम्मेदवार रौशन प्रवीणले ९५७ मत ल्याएकी छिन् भने गठबन्धन तर्फका उपप्रमुखका उम्मेदवार प्रमोद गुप्ताले ६०२ मत ल्याएका छन् ।

    उपमहानगर वडा नं १ कलैया बजार क्षेत्र एमालेको पुरानो गढ क्षेत्र हो । कलैया उपमहानगरका सहायक निर्वाचन अधिकृत इन्द्र कुमार योङहाङले असाध्यै सुस्त गतिमा मत गणना भइरहेको गुनासो गरेका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend