काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकामा एमालेको अग्रता छ । एमालेबाट मेयरमा उम्मेदवार रहेकी गीता अधिकारीले १७३२ मत प्राप्त गरेकी छन् । पछिल्लो मतपरिणाम अनुसार उनले सो मत प्राप्त गरेकी हुन् ।
त्यस्तै, राप्रपाका उम्मेदवार राम थापाले १६४८ मत ल्याएका छन् ।
उपमेयरमा काँग्रेसकी रेगिना भट्टराईले १६४० र एमालेका अम्बिका खनालले १५०९ मत प्राप्त गरेका छन् ।
एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमकमा राप्रपा, काँग्रेस र जसपाले गठबन्धन गरेका छन् ।