logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • हुम्ला खार्पुनाथ अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

    हुम्ला खार्पुनाथ अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

    1.9K
    Shares

    काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कर्ण बहादुर रावल निर्वाचित भएका छन् ।

    कांग्रेस–माओवादी गठबन्धनबाट कांग्रेसका रावलले १ हजार ८१० मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रकाशबहादुर शाहीले १ हजार १९५ मत पाएका छन् । अध्यक्ष रावल २०७४ सालको निर्वाचनमा पनि अध्यक्षमा निर्वाचित भएका थिए ।

    यसैगरी उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका ज्ञानबहादुर सिंह (भरत) विजयी भएका छन् । उनले १ हजार ८७२ मत पाएका छन् । यस्तै उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका शक्तिसिंह ऐडीले ८५० मत पाएका छन् ।

    यस्तै खार्पुनाथका पाँचवटै वडामा पनि गठबन्धन निर्वाचित भएको छ । वडा नम्बर १ मा कांग्रेसका जयबहादुर शाही (४६९), वडा नम्बर २ मा कांग्रेसका चन्द्र रावल (२६०), वडा नम्बर ३ मा माओवादीका च्याँगा बोहरा (२७१), वडा नम्बर ४ मा कांग्रेसका रंगमति शाही निर्विरोध र वडा नम्बर ५ मा कांग्रेसका भरतजंग शाही (४९२) मत ल्याएर निर्वाचित भएका छन् ।

    कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको गृह पालिका खार्पुनाथमा कांग्रेस–माओवादी र एमाले–समाजवादी गठबन्धन थियो । हुम्लामा कांग्रेस र माओवादीबीच चुनावी तालमेल भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend