logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • पाँच दलीय गठबन्धनलाई पछिपार्दै एमालेको अग्रता

    पाँच दलीय गठबन्धनलाई पछिपार्दै एमालेको अग्रता

    4.1K
    Shares

    काठमाडौं । काभ्रेको धुलिखेल नगरपालिकामा नेकपा एमालेका अशोक ब्याञ्जुले अग्रता लिएका छन् ।

    आज बिहानको ताजा मतपरिणाम अनुसार ब्याञ्जुले १ हजार ७१७ मत पाएका छन् । उनी स्वतन्त्र उम्मेदवार बिदुर बहादुर बस्नेतभन्दा ३१० मत अन्तरले अगाडि छन् । बस्नेतले १ हजार ४०७ मत पाएका छन् । हिजोसम्म बस्नेत अगाडि थिए ।

    नेपाली कांग्रेसले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवारको रुपमा प्रतिस्पर्धा गरेका थिए ।

    धुलिखेलको उपमेयरमा पनि एमालेकी लालतारा अधिकारी अगाडि छिन् । उनले १ हजार ४७२ मत पाएकी छन् । उनलाई नेपाली कांग्रेसका निराजन जंगमले १ हजार २६२ मतसहित पछ्याइरहेका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend