logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • प्रचण्डको निर्वाचन क्षेत्रमा पाँच दलीय गठबन्धन भन्दा एमाले मेयरका उमेद्वार भारी मतले अगाडी

    प्रचण्डको निर्वाचन क्षेत्रमा पाँच दलीय गठबन्धन भन्दा एमाले मेयरका उमेद्वार भारी मतले अगाडी

    6.3K
    Shares
    प्रचण्डको निर्वाचन क्षेत्रमा पाँच दलीय गठबन्धन भन्दा एमाले मेयरका उमेद्वार भारी मतले अगाडी

    १ जेठ, चितवन । चितवनको माडी नगरपालिकामा एमालेले  ९३६  मतका साथ आफ्नो अग्रतालाई कायम राखेको छ ।

    प्रचण्डको निर्वाचन क्षेत्र समेत रहेको माडीको नगर प्रमुखमा एमालेबाट उम्मेदवार बनेकी ताराकुमारी काजी महतोले ३३६९ मत ल्याएर अग्र स्थानमा छन् । त्यस्तै माओवादी केन्द्रको तर्फबाट मेयर पदका उम्मेदवार ऋषि काफ्लेले २४३३ मत ल्याएर पछ्याईरहेका छन्।

    माडी नगरपालिकामा माओवादी केन्द्र र कांग्रेसले तालमेल गरेका छन् भने एमालेले राप्रपासँग तालमेल गरेको थियो। त्यसै गरी त्यहाँको उपमेयरमा कांग्रेसका खेम महतोले २०५१ मत पाएर अग्र स्थानमा छन् भने राप्रपाका मदन पौडेलले १४३९ र स्वतन्त्र उम्मेदवार कृष्ण पौडेलले १५५८ मत ल्याएका छन् ।

    नगरपालिका वडा नं १, ९ को गणना सकिएको छ । वडा नं १ को वडाध्यक्षमा राप्रपा उम्मेदवार र वडा नं ९ मा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।

    यसअघि माओबादी केन्द्रले जितेको माडी नगरपालिकालाई माओबादी केन्द्रले आफ्नो पकड क्षेत्र भनेर दाबी गर्दै आएको थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend