logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • हेटौंडा उपमहानगरमा त्रिपक्षीय प्रतिस्पर्धा, गठबन्धन एक मतले अगाडि

    हेटौंडा उपमहानगरमा त्रिपक्षीय प्रतिस्पर्धा, गठबन्धन एक मतले अगाडि

    2.6K
    Shares
    हेटौंडा उपमहानगरमा त्रिपक्षीय प्रतिस्पर्धा, गठबन्धन एक मतले अगाडि

    काठमाडौ । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । ११ हजार ६७३ गन्दा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मिना लामा ३ हजार ४५६ मतसहित एक मतको अग्रता बनाएकी छिन् ।

    उनलाई राप्रपा उम्मेदवार दिपक बहादुर सिंहले ३ हजार ४५५ मतका साथ पछ्याई राखेको अवस्था छ । यता एमालेको उम्मेदवार अनन्त पौडेलले ३ हजार ५३ मत ल्याएर तेस्रो स्थानमा छन् । उपमेयरमा भने गठबन्धनबाट काँग्रेस उम्मेदवार राजेश बानियाँले ५ हजार १०३ मतसहित फराकिलो अग्रता लिएका छन् ।

    उनलाई एमाले उम्मेदवार सुमित्रा काफ्ले ३ हजार ९५६ मतका साथ पछ्याइ राखेको अवस्था छ । यस्तै राप्रपा उम्मेदवार इन्दिरा डल्लाकोटी न्यौपानेले ८६८ मत पाएकी छिन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend