काठमाडौं । नेपालले युगान्डासँगको पहिलो महिला टि२० आई खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी हुन् ।
नेपालले आजको खेलमा तीव्र गतिकी बलर अस्मिना कर्माचार्यलाई डेब्यू दिएको छ । अस्मिना बागमती प्रदेशको कप्तान हुन् ।
नेपालको प्लेइङ ११ । रुविना क्षेत्री, इन्दु बर्मा, ज्योति पाण्डे, कविता कुँवर, कविता जोशी, अप्सरी बेगम, , डली भट्ट, सबनम राई, रोमा थापा, अस्मिना कर्माचार्य र विन्दु बर्मा ।