logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • ‍काठमाडौंमा ‍मतगणना भएका ८ वडामा बालेनले कुन वडामा कति मत पाए ?

    ‍काठमाडौंमा ‍मतगणना भएका ८ वडामा बालेनले कुन वडामा कति मत पाए ?

    2.8K
    Shares

    काठमाडौं । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले निरन्तर अग्रता कायम राखेका छन्।

    मंगलबार बिहानसम्मको मतपरिणाम अनुसार बालेनले ९६१४ मत पाएका छन्। दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ५१५७ मत पाएका छन्।

    अहिलेसम्म वडा नम्बर १ र २ को मतगणना सकिएको छ भने ३, ४, ५, ६, ३१ र ३२ वडाको मत गणना भइरहेको छ।

    मतगणना सकिएका वडा नम्बर १ र २ मा बालेनले क्रमशः ७८३ र १२२० मत पाएका छन्। यी दुई वडामा स्थापितले ३६५ र ७२८ मत पाएका थिए भने सिंहले ४५१ र ४९७ मत ल्याएकी थिइन्।

    मतगणना जारी रहेका ३, ४, ५ र ६ वडामा अहिलेसम्म बालेनले क्रमशः १५६६, १८२६, ८२२ र ३६९ मत पाएका छन् भने ३१ मा ९५१ र ३२ मा २०७७ मत ल्याएका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend