२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

कर्णाली डेभलपमेन्ट बैंक गम्भीर संकटमा, राष्ट्र बैंकले लगायो कारोबारमा रोक

मंगलवार , मंसिर ११, २०८१

काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंक गम्भीर संकटमा परेको छ । बैंक गम्भीर संकटमा परेसँगै नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्टको सम्पूर्ण कारोबारमा रोक लगाएको छ । राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै कर्णाली डेभलपेन्टको कारोबारमा रोक लगाएको जनाएको हो ।

कर्णाली डेभलपमेन्ट बैंक, नेपालगञ्ज, बाँकेलाई थप निक्षेप लिन तथा थप कर्जा प्रवाह गर्न रोक लगाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बैंकले तोके बमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नभएको, निष्कृय कर्जा अनुपात ४०.८५ प्रतिशत कायम हुने लगायतका कारणले संस्थाको वित्तीय अवस्था समस्याउन्मुख देखिएको भन्दै कारोबारमा रोक लगाएको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकले ६ महिनाभित्र संस्थाको नयाँ व्यवस्थापनले उक्त कर्णली डेभलपमेन्टको वित्तीय परिसूचकहरूमा सुधार गर्ने सर्तमा आजैका मितिदेखि लागू हुने गरी थप निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाई शीघ्र सुधारात्मक कारवाही गरिएको बताएको छ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमाशमा बैंकले निष्क्रिय कर्जा ७.२७ प्रतिशत देखाएको छ । समीक्षा अवधिमा बैंक १ करोड ९० लाख रुपैयाँ नोक्सानमा रहेको छ । बैंकको वितरण्योग्य नाफा ५ करोड रुपैयाँ ऋणत्मक छ ।

यसैगरी बैंकको प्रति सेयर आम्दानी ३.९४रुपैयाँ ऋणात्मक रहेको छ । प्रति सेयर नेटवर्थ ९७.५० रुपैयाँ छ । समस्याग्रस्त बैंकको चुक्ता पुँजी ५० करोड २८ लाख रुपैयाँ छ । सञ्चित कोषमा १९ कोड रुपैयाँ रहेको छ ।

नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको बैंकको तीन जिल्लामा १८ शाखा सञ्चालनमा छन् ।

सूचनामा भनिएको छ- ' कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, नेपालगञ्ज, बाँकेमा मिति २०८१/०४/०६ देखि २०८१/०४/११ सम्म यस बैंकबाट सम्पन्न लक्षित निरीक्षणको प्रतिवेदन अनुसार सो संस्थाको कर्जा नोक्सानी व्यवस्थामा सुपरिवेक्षकीय समायोजन गर्दा यस बैंकले तोके बमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नहुने, निष्कृय कर्जा अनुपात ४०.८५ प्रतिशत कायम हुने लगायतका कारणले संस्थाको वित्तीय अवस्था समस्याउन्मुख देखिएको हुँदा निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले सो संस्थालाई नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ बमोजिम ६ महिनाभित्र संस्थाको नयाँ व्यवस्थापनले उक्त संस्थाको वित्तीय परिसूचकहरूमा सुधार गर्ने सर्तमा आजैका मितिदेखि लागू हुने गरी थप निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाई शीघ्र सुधारात्मक कारवाही गरिएको व्यहोरा सर्वसाधारणको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।'

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट