logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • पहिलेको चुनावमा पराजित भएकाहरूले जिते मेयर–उपमेयर

    पहिलेको चुनावमा पराजित भएकाहरूले जिते मेयर–उपमेयर

    3.5K
    Shares

    भोजपुर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको गृहनगर भोजपुरको षडानन्द नगरपालिकामा गठबन्धन उम्मेदवारलाई हराएर एमालेले मेयर पद जितेको छ।

    रोचक संयोग के छ भने षडानन्दमा पाँच वर्षअघिको चुनावी परिणाम ठ्याक्कै उल्टिएर अहिलेको परिणाम आएको छ।

    २०७४ को चुनावमा मेयर–उपमेयरमा पराजित भएकाले यसपटक जितेका छन् भने त्यस बेला जितेका मेयर–उपमेयर यसपटक पराजित बनेका छन्।

    मेयरमा एमाले र उपमेयरमा माओवादी केन्द्र विजयी भएका छन्। मेयरमा एमालेका सुरेन्द्रकुमार उदास ६०९० मत प्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिस्पर्धी कांग्रेसका वीरवल राईले ५२८७ मत मात्रै पाए।

    उपमेयरमा माओवादीकी प्रमिला राई निर्वाचित भएकी छन्। उनले ६६३१ मत ल्याउँदा एमालेकी मेरिका राईले ३९६२ मत प्राप्त गरिन्।

    २०७४ को निर्वाचनमा षडानन्दको मेयरमा कांग्रेसका वीरवल राईले एमालेका उदासलाई पराजित गरेका थिए।

    त्यस्तै उपमेयरमा एमालेकी मेरिका राईले माओवादीकी प्रमिला राईलाई हराएकी थिइन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend