logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • नेपाल प्रहरी भन्छ: हराईरहेको जहाज भेटिएको भन्ने सूचना अहिलेसम्म आएको छैन

    नेपाल प्रहरी भन्छ: हराईरहेको जहाज भेटिएको भन्ने सूचना अहिलेसम्म आएको छैन

    5.3K
    Shares
    नेपाल प्रहरी भन्छ: हराईरहेको जहाज भेटिएको भन्ने सूचना अहिलेसम्म आएको छैन

    काठमाडौँ – १५ जेठ । पोखरादेखि जोमसोमका लागि उडेको तारा एयरको विमान भेटिएको  भन्ने आधिकारिक सूचना नेपाल प्रहरीमा नआएको प्रवक्ता विष्णुकुमार केसीले बताएका छन्।

    जहाजको खोजी कार्य भएपनि अहिलेसम्म जहाज भेटिएको सूचना नेपाल प्रहरीलाई आएको छैन उनले भने।  ९ बजेर ५५ मिनेट जादा पोखराबाट उडेको तारा एयरको ‘एईटी’ ट्विनअटर विमान लेते क्रस भएपछि सम्पर्कबिहीन भएको थियो ।विमानमा १९ यात्रु र ३ जना चालक दलका सदस्य सवार थिए ।

    विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए ।

    यस्तै विमान प्याप्टेन प्रभावकर घिमिरेले उडाएका थिए भने सहचालक उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend