logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • लेते वरिपरि भेटिएन सम्पर्कविहीन विमान, खोजी टोली मानापाथी हिमालतर्फ लाग्यो

    लेते वरिपरि भेटिएन सम्पर्कविहीन विमान, खोजी टोली मानापाथी हिमालतर्फ लाग्यो

    3.5K
    Shares

    काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएपछि खोजीका लागि खटिएको टोली मानापाथी हिमालतर्फ जाने भएको छ । थासाङ गाउँपालिकाको लेतेमा जहाजको खोजी गर्दा नभेटिएपछि टोली त्यहाँबाट मानापाथीतर्फपुग्न लागेको हो ।

    धौलागिरी र मानापाथी हिमालको फेदतिर जहाज खसेको हुन सक्ने अनुमान गरिएको छ । यसअघि लेते क्षेत्रबाट सम्पर्कविहीन भएको हुनसक्ने आशंकाले त्यहाँ प्रहरी, सेना, सशस्त्रको टोलीले खोजी गरेको थियो । तर, त्यस क्षेत्रमा पनि जहाजको कुनै अवशेष नपाइएपछि टोली धौलागिरी र मानापाथी हिमालतर्फ जान लागेको थासाङ गाउँपालिकाका उपाध्यक्ष सोमाल हिराचनले बताए ।

    उनले भने, ‘अब शंकास्पद क्षेत्र भनेको धौलागिरी हिमाल र मानापाथी हिमालको तलतिर हुन सक्छ । मौसममा सुधार आयो भने हेलिकोप्टरबाट खोज्न जाँदा केही भेटिन्छ भन्ने लागेको छ ।’

    जहाज खोज्न गएको नेपाली सेनाको हेलिकप्टर भने मौसम खराबीको कारण कोवाङ भन्ने ठाउँमा अवतरण गरिएको छ । बादल लागेको कारणले हेलिकोप्टर उड्न सकेको छैन । जहाज खोजीका लागि मुस्ताङको विभिन्न ठाउँमा टोली खटाइए पनि कुनै सूचना नआएको उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend