logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • बजेट सकारात्मक र रूपान्तरणकारी आएको नेताहरुको प्रतिक्रिया

    बजेट सकारात्मक र रूपान्तरणकारी आएको नेताहरुको प्रतिक्रिया

    2.3K
    Shares

    काठमाडौं । नेपाल सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्का दुवै संसद्मा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटबारे सकारात्मक प्रतिक्रिया व्यक्त गरिएको छ ।

    अर्थमन्त्री शर्माको बजेट मन्तव्यपछि गोरखापत्रसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई, पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेसका नेता डा रामशरण महत र पूर्वअर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले बजेटमा धेरै सुधार देखिएको प्रतिक्रिया दिए । पूर्वअर्थमन्त्री तथा नेकपा ९एमाले०का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकारले प्राथमिकता भुलेर दीर्घकालीन महत्वका योजनामा केन्द्रित बजेट ल्याएको बताए ।

    पूर्वप्रधानमन्त्री डा भट्टराईले भने, “सामान्यतया बजेट राम्रै छ । यो मध्यम स्तरको बजेट हो । यतिबेला हामीलाई चाहिएको रूपान्तरणकारी बजेट नै हो । त्यो आउन नसकेपछि बजेटका कतिपय पक्ष राम्रा छन् ।”

    सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बजेटले कृषि, ऊर्जा, पर्यटन र कनेक्टिभिटीलाई महत्वसाथ अघि बढाएको बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend