कास्की – आइतवार देखी हराइरहेको तारा एयरको ट्विनअटर नेपाली सेनाले फेला परेको छ ।
हिजो बेपत्ता भएको तारा एयर थासाङ गाउँपालिका अन्तर्गत कोबाङ गाउँको माथी सानुसरे भन्ने स्थानमा क्षत विच्छेद अवस्थामा भेटिएको छ ।
१९ यात्रु बोकेर पोखराबाट ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको थियो।
१० बजेर २० मिनेटमा अवतरण हुनुपर्ने अल्फा इको ट्यांगो कल साइन भएको जहाज सम्पर्कविहीन भए पछि आइतवार बाट खोजी कार्य शुरु गरिएको थियो । तर नेपाली सेनाको उद्धार टोलीले सोमावर बिहान मात्र विमान रहेको स्थान पत्ता लगाएको छ।
त्यसमा सवार यात्रु र चालक दलका सदस्यको अवस्थावारे नेपाली सेनाले यस बिषयमा अहिलेसम्म आधिकारिक रुपमा केहि पुष्टि गरेको छैन थप विवरण आउन बाँकी छ।
पोखराबाट आइतबार बिहान विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, कोपाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिए । उक्त जहाजमा १३ नेपाली, ४ भारतीयसहित २ अन्य देशका नागरिक थिए ।