logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • तारा एयर दुर्घटना: पोस्टमार्टम सकियो, आज शव हस्तान्तरण

    तारा एयर दुर्घटना: पोस्टमार्टम सकियो, आज शव हस्तान्तरण

    3.1K
    Shares
    तारा एयर दुर्घटना: पोस्टमार्टम सकियो, आज शव हस्तान्तरण

    काठमाडौं । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाको शवको पोस्टमार्टम गर्ने काम सकिएको छ ।

    पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा सो विमान दुर्घटना भएको थियो । दुर्घटनामा ज्यान गुमाएका चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकले ज्यान गुमाएका थिए ।

    महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट बिहीबार मृतकका परिवारलाई शव हस्तान्तरण गरिने भएको छ । दुर्घटनामा ज्यान गुमाएकाको शव सोमबार र मङ्गलबार दुई चरणमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend