काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापनसँगै स्थानीय सरोकारका विषयमा छलफल गर्न काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साह र उपमेयर सुनिता डंगोल सिसडोल पुगेका छन् ।
हिजो सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँगको भेटघाटपछि स्थानीयका समस्या र पूर्वाधार विकासबारे अध्ययन गर्न सिसडोल पुगेका हुन् ।
काठमाडौंको फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेको बताउँदा आएका मेयर साह चुनाव जितेलगत्तै पनि सिसडोल पुगेका थिए ।
डम्पिङ साइटका कारण निकै समस्या झेल्नुपरेको भन्दै सिसडोलबासी समयसमयमा आन्दोलित हुँदै आएका छन् ।