काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
भेटवार्तामा विचाराधीन विधेयकलाई अगाडि बढाउने विषयमा छलफल भएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति चयन, सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।