logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • बैतडीमा बेपत्ता भएका दुई युवक मृत फेला

    बैतडीमा बेपत्ता भएका दुई युवक मृत फेला

    4.8K
    Shares

    बैतडी । बेपत्ता रहेका दुई युवक आज मृत फेला परेका छन् । दशरथचन्द नगरपालिका–१ खिराका ३४ वर्षीय प्रेमसिंह रावत र सिगास गाउँपालिका–३ तल्लोइनारका १९ वर्षीय घनश्यामसिंह धामी मृत फेला परेका हुन् ।

    जेठ १७ गतेदेखि बेपत्ता रहेका रावत आज स्थानीय मएडा जङ्गल मृत फेला परेका बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक मोहन साउँदले जानकारी दिए । रावतको शव सडेगलेको र भिरमा अड्किएको अवस्थामा भेट्टिएको हो । बोल्न नसक्ने र सुस्त मनस्थिति भएका रावतको लडेर मृत्युु भएको हुनसक्ने प्रहरीले जनाएको छ । रावतको शव आफन्तको जिम्मा लगाइएको छ ।

    यस्तै धामीको शव सिगास–३ कै सल्लेबगडमा छाप्रेको रूखमा झुन्डिएको अवस्थामा भेट्टिएको हो । उनको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । दुवै घटनाबारे अनुसन्धान भइरहेकाले जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend