logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • वैकल्पिक शिक्षाको अध्ययन प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमले गर्न हुदैन: श्रीकृष्ण गिरी

    वैकल्पिक शिक्षाको अध्ययन प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमले गर्न हुदैन: श्रीकृष्ण गिरी

    3.5K
    Shares

    काठमाडौं । चिकित्सा शिक्षा आयोगका अध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरीले वैकल्पिक शिक्षाको अध्ययन प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीम (सिटिभिटि) ले गर्न नहुने बताएका छन् । बुधवार काठमाडौंमा आयोजना भएको वैकल्पिक चिकित्सा शिक्षाका अवसर र चुनौती विषयक अन्तरक्रिर्या कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले यस्तोबताएका हुन् ।

    उनले पछिल्लो समय सिटिभिटिले समेत वैकल्पिक चिकित्सा शिक्षाको नाममा अध्ययन गराउने काम हुन थालेकाले त्यस्तो गर्न नहुने बताए । अध्यक्ष गिरीले चिकित्सा शिक्षा अध्यापन गराउनको लागि चिकित्सा शिक्षा अध्यापन गराउन आवश्यक सबै प्रक्रिया पूरा गरेर मात्रै संस्था दर्ता गर्न पाउने व्यवस्था रहेको बताए । उनले कुनै पनि सिटिभिटि वा अन्य संस्थाले चिकित्सा शिक्षा अध्यापन गराउने हो भने शुरुमा नै चिकित्सा शिक्षा पढाउनको लागि आवश्यक प्रक्रिया पूरा गरेर संस्था दर्ता गराउनु पर्ने बताए । अध्यक्ष गिरीले सिटिभिटि भनेको मानिसहरुले आफ्नो तरिकाले स्किल बढाउनको राम्रो भए पनि चिकित्सा शिक्षाको लागू त्यो लागू नहुनेबताए । चिकित्सा शिक्षा आफै सिकेर आएर इन्जेक्सन दिन जानको छु भनेर नहुने अध्यक्ष गिरीले दाबी गरे ।

    उनले भने,‘यदि मेडिकल इन्चिचिउड बनाउने भए संस्था दर्ता हुनुप¥यो । त्यसपछि व्यक्ति दर्ता हुुनु प¥यो अभ्यासको लागि तर अहिले शुरु भएका इन्चिचिउडमा पाँच वर्ष चिकित्सा शिक्षाको संस्था हो की होइन । चिकित्सा शिक्षाको संस्था होइन भने दर्ता पनि गर्नु परेन । यति उसले स्वास्थ्य सम्बन्धि पढाउने हो भने शुरुमा नै दर्ता गर्नु पर्छ । सुरुमा नै अनुमति चाहियो । त्यसमा केके कुरा आवश्यक पर्छ ,के के विषय पढाइहुन्छ । पाठ्यक्रमको विकास कसरी हुन्छ । सबै पार्टहरु पूरा भएपछि मात्रै चिकित्सा शिक्षाको पढाई सुरु हुन्छ । पढाइ सकेर आएर स्किल टेट्स जस्तो चिकित्सा शिक्षामा हुँदैन । सिटिभिटिमा भनेको मानिसले कसरी स्किल विकास गर्छ । वैकल्पिक रुपमा गर्नुपर्छ गरोस् । त्यसको स्किल टेट्स गरेर पनि उसलाई योग्य बनाउन सकिन्छ । सिटिभिटिमा एउटा ठूलो एसिया छ । त्यहाँ पठनपाठन पनि गराउँछ तर चिकित्सा शिक्षामा आफै सिकेर आएर स्किल टेट्स गरेर चिकित्सा बन्न हुँदैन । कुन कुरा गर्न पाइने हो कुन नपाइने हो हेरर मात्रै गर्न पाइदैन ।

    त्यस्तै स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सरकारले सबै चिकित्सा शिक्षा प्रणालीलाई बराबरी महत्व दिएर विकाश गर्ने योजना रहेको बताए । उनले पछिल्लो समय सिटिभिटिमा चिकित्सा शिक्षा अध्यापन शुरु भएकाले चिकित्सा शिक्षा नयाँ मोडल जान सकिने कुरा आएको बताए । सचिव पोखरेलले स्टाप नर्स र विएसी नर्सिङ पढ्न समेत दुई वटा छुटै अस्पताल आवश्यक रहेको अहिलेको व्यवस्था रहेको बताए । उनले यस्तो पुराना नीतिगत व्यवस्थालाई समय अनुकुल परिर्वतन गर्दै लैजानु पर्ने बताए ।

    उनले भने,‘ एकेडमिक पार्टमा महत्वपूर्ण छैन भन्दिन । चिकित्सा शिक्षा आयोग र सिटिभिटिको कारणले गर्दा यसलाई कसरी नयाँ मोडलबाट अगाडि लान सकिन्छ भन्ने कुराहरु छ । अहिले स्टाप नर्स र विएसी नर्सिङको कुरा भने अब विएसी नर्सिङ पढाउने हो भने छुटै अस्पताल चाहिन्छ । स्टाप नर्स पढ्नको लागि छुटै अस्पताल चाहिन्छ । त्यही स्टाप नर्सबाट विएसी नर्सिङ पढाउँछु भन्दा दुई वटा छुटाछुटै अस्पताल चाहिने अहिलेको प्रावधान छ । यो गलत हो । तर चिकित्सा शिक्षा आयोगले त्यही भनेको छ । यस्ता विभिन्न कुराहरुले गर्दा नीतिगत कुराहरुमा हामीले परिर्वतन गर्नु पर्ने हुन्छ । त्यसमा हामी लागेका छौं । यी सबैको महत्व बराबर नै हो ।’

    सचिव पोखरेलले चिकित्सा शिक्षामा नीतिगत परिर्वतनका लागि सरकारले काम गरिरहेको बताए । उनले सरकारले नीति बनाउँदा सबैको महत्व बराबर भएकाले त्यही अनुसार हेर्ने गरेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend