logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

    पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

    2.4K
    Shares

    चितवन । पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मध्याह्नदेखि सो खण्ड सुचारु भएको हो ।

    इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको नाग्दी खोलामा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो ।

    बुधबार राति ११ः१५ बजेदेखि अवरुद्ध सडक मध्याह्न १२ः०५ बजेबाट सञ्चालनमा आएको हो । यस्तै नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ को तोपेखोलास्थित नाम्सी पुलमा बिहान ४ बजेको समयमा खसेको पहिरो बिहान ११ः५० बजे पन्छाइएको हो । रातिदेखि अवरुद्ध भएको सडकमा सवारीसाधनको लामो लाइन लागेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend