logo

२०८१ मंसिर १ शनिबार

logo
  • शनिबार, १ मंसिर २०८१
  • जाजरकोट बोलेरो दुर्घटना: मृतकको पहिचान खुल्यो

    जाजरकोट बोलेरो दुर्घटना: मृतकको पहिचान खुल्यो

    2.3K
    Shares

     

    काठमाडौं । जाजरकोटमा बोलेरो दुर्घटना हुँदा मृत्यु भएका ३ जनाको पहिचान खुलेको छ । जुनीचाँदे गाउँपालिका–५ गर्खाकोटमा जीप दुर्घटना हुँदा जुनीचाँदे–६ का २१ वर्षीय दर्शन शाही, वडा नं. ५ का ४० वर्षीया पुतला गिरी र कालिका शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सुर्खेतबाट जुनीचाँदे गाउँपालिका केन्द्रतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०३४१ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो । जीपमा सवार ५ जना गम्भिर घाइते भएका छन् भने ४ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend