काठमाडौं । महोत्तरीमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । प्रहरीले मटिहानी नगरपालिका-५ बस्ने ३२ वर्षीय जितेन्द्र यादवलाई सोमबार बिहान पक्राउ गरेको हो ।
जितेन्द्रले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धिरापुरबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।