२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

सिआइबीले कांग्रेस उपसभापति धनराज गुरुङसँग सहकारी अपचलनको विषयमा लियो ५ घण्टा बयान

बुधवार , कार्तिक २८, २०८१

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बयान लिएको छ । गुरुङसँग सिआइबीले सहकारीको रकम अपचलनका सम्बन्धमा बयान लिएको हो ।

गुरुङलाई सिआईबीमा बोलाएर बुधबार कागजी बयान लिइएको हो ।

सिआइबीका प्रवक्ता तथा एसपी होबिन्द्र बोगटीले कांग्रेस उपसभापति गुरुङसँग बुधबार पाँच घण्टा बयान लिएको बताए।

सिआइबीले मितेरी वचत तथा ऋण सहकारीको १४ करोड रुपैयाँ हिनामिनाको आरोपमा कागजी बयान गराएको छ। प्रहरीले गुरुङलाई अनुसन्धानको दायरामा नल्याएको भन्दै आलोचना हुँदै आएको थियो ।

उनकी पूर्वपत्नी ज्योति गुरुङले अपचलन गरेको रकम सहकारीबाट लिएको ऋण र उनले भुक्तान गरेको भनिएको ९२ लाख रुपैयाँ सम्बन्धी सोधपुछ गरेको छ । सहकारीको प्रमुख रहेकी ज्योतिविरूद्ध रेड कर्नर नोटिस जारी भइसकेको छ। ज्योतिले सहकारीको १४ करोड ८१ लाख रुपैयाँ बचत अपचलन गरेको आरोप छ।

धनराज र ज्योतिबीच सम्बन्ध विच्छेद हुँदा ज्योतिले सम्पति नलिने र धनराजले सहकारीको ऋण तिर्ने सहमति गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट