२०८३, श्रावण ७ गते

बिहिवार, श्रावण ७ गते २०८३

देशलाई फाँसीवादको सङ्कटबाट बचाउन सक्नुपर्छ : नेता श्रेष्ठ

बिहिवार , श्रावण ७, २०८३

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सरकारका क्रियाकलापले नेपाललाई फाँसीवाद र राष्ट्रघातको दिशातिर देशलाई लैजान खोजिएको भन्दै फाँसीवादको सङ्कटबाट बचाउन सक्नुपर्ने बताएका छन् । 

उनले नेकपाका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४८ औँ स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । 

उनले नेपालको राष्ट्रिय सार्वभौमिकता, भौगोलिकता, राष्ट्रिय अखण्डता, स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितमाथि गम्भीर कुठाराघातको खतरा पैदा भएको बताए । प्रधानमन्त्रीले नै संसद्को रोस्ट्रममा अर्को देशको भूमि मिचेको छ भनेर झुट कुरा गरेको तर आत्मालोचना नगरिएको भन्दै उनले आपत्ति जनाए ।

लोकतान्त्रिक व्यवस्था र संविधानको रक्षाको प्रश्न गम्भीर चुनौतीका रूपमा लिनुपर्ने उनले बताए । 

उनले देशलाई बचाउन लोकतान्त्रिक शक्ति र एकीकृत कम्युनिस्ट आन्दोलन जरुरी भएको बताए । नेताहरूले यसलाई गम्भिरतापूर्वक लिनुर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट