काठमाडौं । रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारले शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) सम्बन्धी नियमावलीमा पुनः अध्ययन गर्ने बताएका छन् ।
उनले आज मन्त्रालयमा शैक्षिक परामर्श संस्थाका प्रतिनिधिहरूसँग भएको छलफलमा नियमावलीका विभिन्न प्रावधानबारे प्राप्त सुझावलाई गम्भीर रूपमा अध्ययन गरी आवश्यक परिमार्जनका लागि प्रक्रिया अघि बढाइने बताएका हुन ।
मन्त्रालयमा भएको छलफलमा शैक्षिक परामर्श संस्थाका प्रतिनिधिहरूले नियमावलीका केही व्यवस्थाप्रति आफ्नो धारणा राख्दै व्यवहारिक, स्पष्ट र सरोकारवालामैत्री नीति आवश्यक रहेको बताए ।
उनीहरूले विद्यार्थी, अभिभावक तथा शैक्षिक परामर्श क्षेत्रका व्यवसायी सबैको हितलाई ध्यानमा राखेर नियमावली परिमार्जन गर्न मन्त्री सस्मित पोखरेललाई आग्रह समेत गरे ।
मन्त्रालयका अनुसार नियमावली कार्यान्वयनका क्रममा देखिएका व्यवहारिक पक्ष, कानुनी व्यवस्था र सरोकारवालाको सुझावलाई समेटेर आगामी दिनमा आवश्यक निर्णय लिइनेछ ।
प्रतिक्रिया दिनुहोस