२०८३, श्रावण ७ गते

बिहिवार, श्रावण ७ गते २०८३

शैक्षिक परामर्श नियमावली सरोकारवालासँग छलफल गरेरै ल्याएका हौं : शिक्षामन्त्री पोखरेल

बिहिवार , श्रावण ७, २०८३

काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले सरकारले ल्याएको शैक्षिक परामर्श (कन्सल्टेन्सी) सम्बन्धी नियमावली सरोकारवाला संस्थाहरूसँग पर्याप्त छलफल र परामर्शपछि तयार गरिएको बताएका छन । 

बिहीबार शिक्षा मन्त्रालयमा आयोजित शैक्षिक परामर्श संस्थाका प्रतिनिधिहरूसँगको छलफलमा मन्त्री पोखरेलले नियमावली कुनै पक्षलाई लक्षित गरेर नभई शिक्षा क्षेत्रमा पारदर्शिता, गुणस्तर र उत्तरदायित्व कायम गर्ने उद्देश्यले ल्याइएको स्पष्ट पारे । 

उनले नियमावली कार्यान्वयनका क्रममा देखिएका व्यावहारिक समस्या र सुझावप्रति मन्त्रालय सकारात्मक रहेको उल्लेख गर्दै आवश्यक सुधार गर्न सरकार खुला रहेको बताए। “हामीले नियमावली कन्सल्टेन्सी क्षेत्रका सरोकारवालासँग छलफल गरेरै ल्याएका हौं,” मन्त्री पोखरेलले भने, “कार्यान्वयनका क्रममा आएका सुझावलाई पनि गम्भीरतापूर्वक अध्ययन गरेर आवश्यक निर्णय लिइनेछ।”

छलफलमा सहभागी शैक्षिक परामर्श संस्थाका प्रतिनिधिहरूले नियमावलीका केही व्यवस्थाले व्यवसाय सञ्चालनमा कठिनाइ उत्पन्न हुन सक्ने भन्दै संशोधनका लागि विभिन्न सुझाव दिएका थिए।

मन्त्रालयले भने विद्यार्थीको हित, सेवा प्रवाहको गुणस्तर तथा शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित र विश्वसनीय बनाउने उद्देश्यबाट नियमावली कार्यान्वयनमा ल्याइएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट