logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • मेरो मागलाई मन्त्रीपरिषद्ले पनि चासो दिएनः पर्यटनमन्त्री आले

    मेरो मागलाई मन्त्रीपरिषद्ले पनि चासो दिएनः पर्यटनमन्त्री आले

    2K
    Shares
    मेरो मागलाई मन्त्रीपरिषद्ले पनि चासो दिएनः पर्यटनमन्त्री आले

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले बजेट बढाउने आफ्नो मागलाई मन्त्रीपरिषद्ले समेत चासो नदिएको आरोप लगाएका छन् । आईतवार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री आलेले पर्यटन मन्त्रालयको समस्या समाधान गर्न र पर्यटनस्म्बन्धी विकासका कार्यक्रम अघि सार्न बजेटको माग गर्दा नदिएको गुनासो गरे ।

    उनले बारम्बार मन्त्रीपरिषद्को बैठक र अर्थमन्त्रीलाई पर्यटन मन्त्रालयको बजेट बढाउन आग्रह गर्दा आफ्नो सल्लाह सुनुवाई नभएको गुनासो गरे । मन्त्री आलेले परिणाम स्वरुप मन्त्रालयले चाहेर पनि विभिन्न विषयगत शीर्षकमा बजेट विनियोजन गर्न नसकेको बताइए ।

    उनले भने, ‘कतै बजेट दोहोरोपन भएको, बजेट छुट्न गएका क्षेत्र लगायत कार्यक्रमसमेत संशोधन गर्न सकिनेछ । तर मेरो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिलिङ विगतभन्दा करिव साढे १० अर्बले घट्न गएको हुनाले बारम्बार मान्य अर्थमन्त्रीले भेटेर, क्याबिनेटको मिटिङमा कुरा राख्दा पनि सुनुवाई भएन । त्यसले पनि थुप्रै मान्यज्यूहरुले राखेको प्रश्नमा मैले बजेटको व्यवस्थापन गर्न सकिनँ । यदी बजेट प्राप्त भएको भए अवश्य पनि माग सम्बोधन हुनेथियो । १० लाख पर्यटन भित्र्याउन सहजै सम्भव देखिन्छ ।’

    मन्त्री आलेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिलिङ विगतभन्दा करिव साढे १० अर्बले घटेको बताए । उनले नेपालमा आगामी आर्थिक वर्षमा १० लाख पर्यटन भित्र्याउन सहजै सम्भव रहेको पनि स्पष्ट पारे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend