काठमाडौं । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शक्ति राष्ट्रहरू षड्यन्त्रपूर्ण दाउपेचमा लागेको बताएका छन् । सोमवारबाट काठमाडौंमा शुरू भएको केन्द्रीय परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले शक्ति राष्ट्रहरू षड्यन्त्रपूर्ण दाउपेचमा लागेको भन्दै यसबाट जोगिनुपर्ने बताए ।
‘कतै यी शक्ति राष्ट्रहरूको द्वन्द्वको अखडा नेपाल त बन्ने होइन भन्ने कुराले चिन्तित बनाएको छ,’ उनले भने, ‘एमसीसी, एसपीपीलगायतका नाममा नेपाललार्ई फसाउने काम भएको छ ।’