logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • अहिलेका राजनीतिक दलहरुले केही गरेनन् भन्नु गलत हो: अध्यक्ष प्रचण्ड

    अहिलेका राजनीतिक दलहरुले केही गरेनन् भन्नु गलत हो: अध्यक्ष प्रचण्ड

    2.7K
    Shares
    अहिलेका राजनीतिक दलहरुले केही गरेनन् भन्नु गलत हो: अध्यक्ष प्रचण्ड

     

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेका राजनीतिक दलहरुले केही गरेनन् भन्ने गरी टिप्पणी गर्नु गलत भएको बताएका छन् । नेकपा संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित नेपालमा समाजवाद ः चुनौति र सम्भावना विषयक कार्यक्रममा बोल्दै प्रचण्डले दलहरूका केही कमी कमजोरी भएपनि ऐतिहासिक रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।

    ‘अहिले पार्टीहरुले केही गरेनन् भन्नु कुरा गलत हो । पञ्चायती व्यवस्था विरुद्ध वामपन्थी र लोकतन्त्रवादी मिलेर आन्दोलन गर्यौं । एक खालको बहुदलीय व्यवस्थाको स्थापना भयो । शान्ति सम्झौता वरिपरि गरिएका संयुक्त आन्दोलनबाट धेरै परिवर्तन भए ।

    यी सबै परिवर्तन संविधानसभा निर्वाचनपछि संविधानमार्फत स्थापित गर्ने काम भयो,’ प्रचण्डले भने, ‘तर, अहिले दलहरूको ऐतिहासिक महत्व कम हुनेगरी ब्याख्या गर्न थालियो । केही पनि भएन हामी पहिला जहाँ थियौ त्यहीँ छौ जनताले केही पाएका छैनन् । अहिले केही पनि पाएका छैनन् भन्नु जनताले गरेको त्याग, तपस्या र बलिदानको अपमान हो । जनयुद्ध र जनआन्दोलनको अपमान हुन्छ ।’

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend