logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • पेट्रोल पम्पको काउन्टरबाट साढे ५ लाख नगद चोरी, दुई जना पक्राउ

    पेट्रोल पम्पको काउन्टरबाट साढे ५ लाख नगद चोरी, दुई जना पक्राउ

    2.8K
    Shares
    पेट्रोल पम्पको काउन्टरबाट साढे ५ लाख नगद चोरी, दुई जना पक्राउ

     

    उदयपुर । पेट्रोल पम्पको काउन्टरबाट नगद चोरी भएको छ । त्रियुगा नगरपालिका ३ स्थित उर्जा पेट्रोल पम्पको काउन्टरबाट नगद चोरी गरेको अभियोगमा सोही ठाउँ बस्ने ३० वर्षीय रोहित कार्की र २५ वर्षीय मनिस सिलवाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    उक्त काउन्टरको ताला फुटाई नगद ५ लाख ६१ हजार रुपैयाँ चोरी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्ने क्रममा उनीहरूको साथबाट नगद ५० हजार ७ सय रुपैयाँ सहित फेला पारी दुवै जनालाई पक्राउ गरेको छ ।

    यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend