logo

२०८१ मंसिर १ शनिबार

logo
  • शनिबार, १ मंसिर २०८१
  • ढिलो आउने र चाडै जाने कोशी अस्पतालका चिकित्सकलाई कारबाही गर्न सिफारिस

    ढिलो आउने र चाडै जाने कोशी अस्पतालका चिकित्सकलाई कारबाही गर्न सिफारिस

    3.1K
    Shares

    विराटनगर । कोशी अस्पताल विराटनगरले अस्पतालको नाम दुरुपयोग गर्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई कारबाही गर्न प्रशासनलाई सिफारिस गरेको छ ।

    कोशी अस्प्तालका चिकित्सकले अस्पतालको नाम बोर्डमा राखेर अस्पताल बाहिर क्लिनिक सञ्चालन गरेपछि अस्पतालले कारवाही गर्न प्रशासनलाई पत्र लेखेको छ ।

    निजी क्लिक सञ्चालन गरेका कारण चिकित्सकहरू अस्पताल ढिलो आउने र चाडै जाने गरेको गुनासो आएपछि अस्पतालका निमित्त मेडिकल सुप्रिटेन्डेन्ट डा. यज्ञराज खरेलले जिल्ला प्रशासन कार्यालय मोरङमा अनुसन्धान गरी कारवाहीका लागि पत्र पठाएका हुन् ।

    ‘कोशी अस्पतालको नाम बोर्डमा अनधिकृत रूपमा राखी बाहिर निजी क्लिनिक सञ्चालन गरिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यक कारवाही हुनका लागि अनुरोध छ ।’असार १९ गते मेसुले प्रशासनलाई लेखेको पत्रमा लेखिएको ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend