सोलुखुम्बु । सोलुखुम्बुमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । थुलुङदुधकोशी गाउँपालिका–९ साउरे बस्ने पाकमाया तामाङका छोरा ७ वर्षीय सुजन तामाङको चट्याङ लागेर मृत्यु भएको हो ।
आमासँग मामाघर जानेक्रममा वर्षाको कारण ओत लागेर बसेको ठाउँमा परेको चट्याङमा सुजनको घटनास्थलमै मृत्यु भएको हो ।