logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • रेनुका चोटग्रस्त हुनु महिला टोलीका लागि ठूलो धक्का होः बालगोपाल महर्जन

    रेनुका चोटग्रस्त हुनु महिला टोलीका लागि ठूलो धक्का होः बालगोपाल महर्जन

    2.9K
    Shares
    रेनुका चोटग्रस्त हुनु महिला टोलीका लागि ठूलो धक्का होः बालगोपाल महर्जन

    काठमाडौं । चीनमा आयोजना हुने १९ औं एशियाली खेलकुद कोरोना महामारीका कारण अनिश्चितकालका लागि स्थगित भएको छ । यद्यपि नेपालले सहभागिता जनाउने २३ खेल मध्येको महिला फुटबल टोलीले दशरथ रंगशालामा अभ्यास गरिरहेको छ । बलिया राष्ट्रहरुसँग राम्रो नतिजा निकाल्ने लक्ष्यसहित महिला टोली अभ्यासमा तल्लिन रहेको हो ।

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कमै मात्र आयोजना हुने महिला फुटबलले चीनमा आयोजना हुने १९ औं एशियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउने निश्चित भएको छ । मिति तय भइसकेको प्रतियोगिता कोरोनाका कारण अनिश्चितकालका लागि स्थगित भएपनि पदकको आशामा तयारीलाई निरन्तरता दिएको हो । विगतका संस्करणमा सहभागितामा सिमित हुँदै आएको नेपाल पदकमुखी हुँदै तयारी गर्न थालेको हो । त्यसका लागि राष्ट्रिय खेलकुद परिषद्ले सहभागिता जनाउने सबै खेललाई तयारी थाल्न निर्देशन अनुसार महिला फुटबलले दशरथ रंगशालामा तयारीलाई तीब्रता दिइरहेको हो । पहिलोपटक महिला टोली सम्हालेका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले महिला टोलीलाई दैनिक २ घण्टा अभ्यास गराइरहेका छन् । तीन साताको अभ्यासमा टेक्निकल र फिटनेस लेभलमा धेरै सुधार आएको र महिला टोलीलाई एक्स्पोजरको खाँचो रहेको बताए ।

    यो बीचमा महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने निश्चित पनि भइसकेको छ । अभ्यासको क्रममा नेपाली टोलीकी भरपर्दो खेलाडी तथा अघिल्लो खेलमा कप्तानको भुमिका निर्वाह गरेकी रेनुका नगरकोटी चोटग्रस्त हुँदै उपचारमा छन् । रेनुकाको घाँटीमुनिको बायाँ हड्डी फ्याक्चर भएको छ । यसअघि स्ट्राइकर सावित्रा भण्डारी घुँडाको चोटका कारण मैदान बाहिर रहँदा नेपालले अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेको थिएन । टोलीलाई गोल गर्ने खेलाडीको निकै कमी महशुस भएको थियो । मुख्य प्रशिक्षक बालगोपाल महर्जनले रेनुका जस्तो महत्वपूर्ण खेलाडी गुमाउनु पर्दा निकै दुःख लागेको बताए ।

    रेनुकाले घरेलु मैदानमा भदौ १३ देखि २५ गतेसम्म आयोजना हुन लागेको साफ च्याम्पियनसिप गुमाउने निश्चित भएको छ भने एशियाली खेलकुद अझै अनिश्चित छ । नेपाली महिला टोली विगतको नतिजमा सुधार ल्याउने लक्ष्यका साथ कडा मिहेनत गरिहेको हो । साथै टोली धेरै भन्दा धेरै प्रतियोगितामा अनुभव लिएर अन्तर्राष्ट्रिय सहभागितामा पदक ल्याउने योजनामा छ । त्यसका लागि सम्बन्धित निकायले पहल गर्न उत्तिकै आवश्यक छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend