काठमाडौं । नेकपा माओवादी केन्द्रको पोलिट्व्युरो सदस्यमा प्रचण्ड पुत्री तथा भरतपुर महानगरपालिका मेयर रेनु दाहाल र बुहारी बिना मगर पनि परेका छन् ।
उनीहरु भन्दा सिनयर महिला नेतृ र नेताहरुको नाम भने पोलिटब्युरोमा नपरेको माओावदीकै एक नेताले गुनासो गरे ।
अध्यक्ष प्रचण्डले उनीहरुको नाम पढेर सुनाएका थिए । जारी केन्द्रीय कमिटी बैठकले १२५ सदस्यीय पोलिट्ब्युरो गठन गरेको छ ।
बैठकले अध्यक्ष प्रचण्डको प्रस्ताव अनुमोदन गरेको छ ।