logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • नेपाली चलचित्र दोख आजबाट देशभर प्रदर्शनमा

    नेपाली चलचित्र दोख आजबाट देशभर प्रदर्शनमा

    3K
    Shares

    काठमाडौं । नेपाली चलचित्र दोख आज शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ ।
    अनुप बरालद्वारा निर्देशित चलचित्रमा दीया मास्के, मनिष निरौला, लोकमणि गुरुङ, माओत्से गुरुङको मुख्य भुमिका छ । चलचित्रमा तत्कालीन सरकार र माओवादीबीचको सशस्त्र द्वन्द्वको कथावस्तु समेटिएको छ ।

    फिल्म प्रदर्शनीपछि सिने सञ्चारकर्मीहरुसँग करा गर्दै नायिका मास्केले पात्रसँग जोडिएको यथार्थपरक कथावस्तुले दर्शकलाई यथार्थताको चित्रण गर्ने बताइन् । उनले फिल्म दोख आफूलाई राम्रो लागेको र करिव ७ वर्षअघिका कुराहरुलाई पुनः दृश्यमा देख्दा फिल्ममा काम गर्दाका अनुभव पनः स्मरण भएको बताइन् ।

    त्यस्तै नायक मनिष निरौलाले फिल्म छायांकन गरेको लामो समयपछि हेर्दा सुटिङ बेलाका असहज अनुभवको स्मरण भएको बताए । अन्तिमको सिनले भावुक बनाएको बताए । फिल्मका निर्देशक अनुप बरालले मान्छेको मनलाई जोडेर इतिहासलाई देखाउने
    प्रयास गरेको बताए । उनले इतिहास जस्तो फिल्म भएपनि यस्ता चलचित्रले भावि पुस्तालाई विगतको कुरा सम्झाइरहने बताए ।

    देशभर एकल प्रदर्शनमा आएको ‘दोख’ले सिंगल थिएटर पर्याप्त पाएको छ भने मल्टीप्लेक्सहरुमा पनि सुखद् शोज हात पारेको छ ।एक स्क्रिप्ट प्रतियोगितामा पहिलो भएको राजन कठेतद्वारा लिखित कथामा चलचित्र बनेको हो ।

    सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता भीम न्यौपाने, ओम गुरुङ र रञ्जु वाग्ले थापा हुन् ।

    सन्तोष पाठक, धर्म अधिकारी, प्रविण पाठक, सुमिता आचार्य, दीपक खनाल र युबराज भट्टराई एसोसियट निर्माता रहेको चलचित्रमा शैलेन्द्र डि. कार्कीको छायांकन, संगम पुष्पाको
    ब्याकग्राउन्ड स्कोर, अष्ट महर्जनको द्वन्द्व र निमेष श्रेष्ठको सम्पादन छ


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend