logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • संवैधानिक परिषद् सम्बन्धी विधेयक राष्ट्रिय सभामा दर्ता भएकोमा एमालेको गम्भिर आपत्ति

    संवैधानिक परिषद् सम्बन्धी विधेयक राष्ट्रिय सभामा दर्ता भएकोमा एमालेको गम्भिर आपत्ति

    3.4K
    Shares
    संवैधानिक परिषद् सम्बन्धी विधेयक राष्ट्रिय सभामा दर्ता भएकोमा एमालेको गम्भिर आपत्ति

    काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. शिवमाया तुम्बाहाङ्फेले संवैधानिक परिषद् सम्बन्धी विधेयक सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको भएपनि राष्ट्रिय सभामा दर्ता भएकोमा एमालेको गम्भिर आपत्ति रहेको बताएकी छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद तुम्बाहाङ्फेले यस्तो बताएकी हुन् ।

    उनले भनिन् – ‘हामीले मौलिक हकसँग जोडिएका १६ ऐन निर्माण गरिसकेर कार्यान्वयन गर्ने सन्दर्भमा अहिलेको गठबन्धन सरकारले दुई नियमहरु, ऐनहरुलाई कार्यान्वयन गर्नका लागि नियमावली समेत नबनाएको देख्दा हामीलाई अचम्म लागेको छ । त्यसअर्थ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । राष्ट्रिय सभामा अहिले संवैधानिक परिषद् ऐन संशोधन विधेयक दर्ता गराइएको छ । तसर्थ यस विषयमा हाम्रो गम्भिर आपत्ति छ । गम्भिर चासोको विषय छ । यो हाम्रो मात्रै होइन सिंगो मुलुकले गम्भिर चासोको रुपमा लिएको छ तसर्थ यस विषयमा सभामुखज्यू आफैँले दर्ता गरेको रिट त्यहाँ विचाराधिन छ ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend