बिहिबार, बैशाख १८ २०८२

बिहिबार, बैशाख १८ २०८२

शेखर पक्षमाथि सभापति देउवाको चेतावनीः निहुँ खोजे फेरि विधान संशोधन गरेर सभापति बन्छु

शेखर पक्षमाथि सभापति देउवाको चेतावनीः निहुँ खोजे फेरि विधान संशोधन गरेर सभापति बन्छु

 

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शेखर कोइराला पक्षमाथि खनिएका छन् । उनले आफूलाई असहयोग जारी रहे तेस्रो पटक पनि पार्टी सभापति बन्ने चेतावनी दिएका छन् । उनले आफूलाई फेरि सभापति हुने मन नभएको तर निहुँ खोजे फेरि विधान संशोधन गरेर सभापति हुने बताएका हुन् ।

देउवाले भने ‘तपाईँहरुले मलाई काम गर्न दिनु भएन भने पार्टीको विधान संशोधन गरेर मैले तेस्रो पटक सभापति उठ्नुपर्ने अवस्था आउन सक्छ’ । उनले आगामी चुनावमा पार्टीलाई पहिलो बनाएर योग्य मान्छेलाई पार्टी जिम्मा लगाउन चाहेको पनि बताए ।

बुधबार पार्टीको केन्द्रीय समिति बैठकमा नेताहरुले सभापति देउवाको आलोचना गर्दै चुनावमा गठबन्धन गर्न आवश्यक नभएको बताएका थिए । केन्द्रीय सदस्य सञ्जयकुमार गौतमले गठबन्धन गरेर चुनाव त जितिएला तर पार्टीले हार्ने बताएका थिए ।

उनलाई जवाफ दिँदै सभापति देउवाले ‘मलाई धेरै नजिस्क्याउनुस् तपाईंहरु, राम्रो पार्टी बनाएर योग्य नेतालाई छोड्न चाहन्थेँ । यस्तै गर्नुभयो भने विधान संशोधन गरेर फेरि सभापति हुन सक्छु’ भनेको एक नेताले बताए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend