logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सभापति देउवालाई नेता निधीको सुझावः पार्टी भित्र गठबन्धन गर्नुहोस्

    सभापति देउवालाई नेता निधीको सुझावः पार्टी भित्र गठबन्धन गर्नुहोस्

    3K
    Shares
    सभापति देउवालाई नेता निधीको सुझावः पार्टी भित्र गठबन्धन गर्नुहोस्

    काठमाडौं । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई पार्टी भित्र गठबन्धन गरेर अघि बढ्न सुझाव दिएका छन् । बिहीवार पार्टी कार्यालयमा बसेको केन्द्रिय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले यस्तो बताएका हुन् ।

    नेता निधीले सरकार निर्माण र सरकार सञ्चालनको लागि गठबन्धन आवश्यक रहेको भएपनि पार्टीमा पनि गठबन्धन गरेर अघि बढ्न आवश्यक रहेको बताए । उनले आगामी प्रदेश र संघको निर्वाचनमा काँग्रेसलाई बुहमतको पार्टी बनाउनुपर्नेमा जोड दिए । नेता निधीले स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा असन्तुष्टि भएका नेताहरुलाई पनि पार्टी सभापतिले अबका दि नमा समेटेर जान सुझाव दिएको बताए । उनले अहिलेको अन्तर्राष्ट्रिय सम्बन्धको चर्चा भइरहेकोले राम्रो बनाएर अघि बढ्न र । अर्थतन्त्रमा धेरै संकटलाई काँग्रेसले नै समाधान गरेर अघि बढ्नुपर्ने कुरा प्रधानमन्त्रीसँग आग्रह गरेको बताए ।

    उनले भने, ‘आगामी संसद र प्रदेशको चुनाव पनि तपाईले गराउनु मेरो समर्थन छ भनेँ । गठबन्धन र चुनावी तालमेल फरक फरक कुरा हुन् । सरकार निर्माण र सरकार सञ्चालनको लागि गठबन्धन आवश्यक छ । चुनावी तालमेलको लागि स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस पहिलो पार्टी बन्यो । त्यो सुखद् छ । अब संसदको निर्वाचनमा र प्रदेशको निर्वाचनमा त्यो भन्दा बढ्ने उद्देश्य लिएर हामीले काम गर्नुपर्छ भनेर आग्रह गरेँ । अब पहिलो पार्टी मात्रै होइन, बहुमतीय पार्टी बन्नुपर्छ भनेर आग्रह गरेँ । स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा असन्तुष्टि भएर कतिपय ठाउँमा स्वतन्त्र भएर नेपाली काँग्रेसका साथीहरुले नै जितेका छन्, उनीहरुलाई पनि समेटेर अन्तर्राष्ट्रिय सम्बन्धको चर्चा भइरहेको छ । यसलाई ध्यानमा राखेर एउटा विदेश नीति नेपाली काँग्रेसले दिशा लिनुपर्छ भन्ने आग्रह गरेँ । अर्थतन्त्रमा धेरै संकट आएको छ यसलाई पनि समाधान गर्न आग्रह गरेँ । अरु दलसँग त गठबन्धन गरेका छौँ तर पार्टीभित्र पनि गठबन्धन चाहिएको छ, आवश्यक छ । नेपाली काँग्रेसभित्रका शक्ति केन्द्र र उपकेन्द्रलाई पनि एकीकृत गरेर लैजान चुनावमा जित्न सहयोग गर्छ यसलाई तपाईको काम भएकोले आफूले काम गरेर लैजानुस् भनेँ ।’

    नेता निधीले नेपाली काँग्रेसभित्रका शक्ति केन्द्र र उपकेन्द्रलाई पनि एकीकृत गरेर लैजान आवश्यक रहेकोले पार्टी सभापतिले भुमिका खेल्नुपर्ने बताए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend