logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • कांग्रेस भ्रातृसंस्थामा देउवाले एकलौटी गरेको भन्दै सहमहामन्त्रीको गुनासो

    कांग्रेस भ्रातृसंस्थामा देउवाले एकलौटी गरेको भन्दै सहमहामन्त्रीको गुनासो

    3.2K
    Shares

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारले सभापतिले एकलौटी निर्णय गरेको भन्दै आलोचना गरेका छन् । शनिबार बैठकमा बोलेका उनीहरुले सभापति शेरबहादुर देउवाले भ्रातृ संगठनहरु नेविसंघ र तरूण दल गठन गर्दा शेखर कोइरालासँग सामान्य छलफल समेत नगरेको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।

    देउवाले नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा र तरूण दलको अध्यक्षमा विद्वान गुरूङलाई मनोनित गरेका थिए । सहमहामन्त्री बद्री पाण्डेले पार्टीको ४० प्रतिशत हिस्साको प्रतिनिधित्व गर्ने नेता शेखरसँग छलफल नै नगरिएको गुनासो गरे ।

    अर्का सहमहामन्त्री परियारले भ्रातृ संस्थाको तदर्थ समिति गठन गर्दा सभापति देउवाले एकलौटी गरेको भन्दै आलोचना गरे । गत आइतबार सुरु केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएको छ । शनिबार मन्त्रीहरुले बोलेपछि पदाधिकारीहरुले बोल्न सुरु गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend