काठमाडौं । नेपाली बजारमा आज पहेलो धातुको मुल्यमा गिरावट आएको छ । साउनको पहिलो दिन आइतबार (आज) छापावाल सुन प्रतितोला २ सयले घटेर ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको हो ।
यसैगरी, चाँदीको मुल्य भने आज बढेको छ । चाँदी आइतबार १५ रुपैयाँले बढेर प्रतितोला ११ सय ६० रुपैयाँ कामय भएको महासंघले जनाएको छ ।