logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • एमसीसी र एसपीपी अघि बढाउने काम केपी ओली नेतृत्वको सरकारले गरेको भन्दै अध्यक्ष नेपालको आपत्ति

    एमसीसी र एसपीपी अघि बढाउने काम केपी ओली नेतृत्वको सरकारले गरेको भन्दै अध्यक्ष नेपालको आपत्ति

    4.7K
    Shares
    एमसीसी र एसपीपी अघि बढाउने काम केपी ओली नेतृत्वको सरकारले गरेको भन्दै अध्यक्ष नेपालको आपत्ति

     

    काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमसीसीमा व्याख्यात्मक टिप्पणी पनि रहेकाले सो सम्झौंताले मुलुकको अहित नगर्ने तर्क समेत गरे । उनले एमसीसी र एसपीपी अघि बढाउने काम केपी ओली नेतृत्वको सरकारले गरेको भन्दै आपत्ति समेत जनाए ।

    अध्यक्ष नेपालले मुलुकको परराष्ट्र नीतिमा राष्ट्रिय सहमतिको आवश्यक्ता रहेको पनि औंल्याए । नेपालको आन्तरिक मामिलामा कसैले हस्तक्षेप गर्न खोज्छ भने त्यो नेपाली जनतालाई सैह्य नहुने चेतावनी दिँदै उनले मुलुकको परराष्ट्र नीतिको मामिलामा दलहरुबीच राष्ट्रिय सहमती हुनुपर्ने आवश्यक्ता रहेको बताए ।

    अध्यक्ष नेपालले आफू परराष्ट्रमन्त्री र प्रधानमन्त्री भएको बेलामा परराष्ट्र नीति र नेपालको राष्ट्रिय सुरक्षा नीतिको दस्तावेज तयार पारेपनि त्यसमा राष्ट्रिय सहमती जुटाउने काम हुन नसकेको बताए । उनले भने, ‘नेपालको आन्तरिक मामिलामा कसैले पनि हस्तक्षेप गर्छन भने त्यो नेपाली जनताले सहन सक्दैन । नेपाललाई अनुचित रुपमा कुनै असमान किसिमको सम्झौंतामा कसैले फसाउन खोज्छ भने, अनुचित सम्झौंतामा कसैले डोहो¥याउन खोज्छ भने त्यो नेपाली जनतालाई सैह्य छैन । हो यी सबै कुराहरुको सन्दर्भमा जतिखेर म परराष्ट्रमन्त्री थिए वा प्रधानमन्त्री थिए ।

    नेपालको असंलग्न परराष्ट्र नीति सम्बन्धि, नेपालको विदेश नीति सम्बन्धि एउटा दस्तावेज अगाडि सार्नका लागि मैले पहल गरेको थिए । अनि म प्रधानमन्त्री भएको बेलामा परराष्ट्र नीति मात्रै होइन, सुरक्षा नीति पनि राष्ट्रिय सुरक्षा नीति पनि बनाउनु पर्दो रहेछ भनेर मैले तत्कालीन रक्षामन्त्रीको नेतृत्वमा अर्को टिम बनाएको थिए र उसले सुरक्षा नीति सम्बन्धि दस्तावेज पनि तयार गरेको थियो । तर ती दस्तावेजहरुमा गहन अध्ययन गरेर पार्टीहरु र नेताहरुमा एक राय बन्न सकिरहेको छैन । हाम्रो परराष्ट्र नीतिको मामिला होस् वा सुरक्षा नीतिको मामिला होस् । यसमा राष्ट्रिय सहमतीको आवश्यक्ता छ । यी सबै कुराहरुको सन्दर्भमा अहिले विश्वमा जुन तनावको कुरा गरिएको छ, जुन ठिक हो ।’

    अध्यक्ष नेपालले नेपालले सन्तुलित भएर परराष्ट्र सम्बन्धलाई अघि बढाउनुपर्ने दोहो¥याए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend