logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • पर्यटन मन्त्री श्रेष्ठले पशुपतिमा रुद्राक्षको बिरुवा रोपेर सुरु गरे ‘एक भक्त, एक वृक्षरोपण’ अभियान

    पर्यटन मन्त्री श्रेष्ठले पशुपतिमा रुद्राक्षको बिरुवा रोपेर सुरु गरे ‘एक भक्त, एक वृक्षरोपण’ अभियान

    3.7K
    Shares

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियानको सुरुवात गरेका छन् । पशुपति क्षेत्रमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले रुद्राक्षको बिरुवा रोपेर अभियानको शुभारम्भ गरेका हुन् । मन्त्री श्रेष्ठले विश्वका वैदिक सनातन हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई आकर्षक तथा रमणीय बनाउन वृक्षारोपण अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    धार्मिक पर्यटकलाई आकर्षित गर्ने गरी पशुपति क्षेत्रलाई ध्यान, ज्ञान र योग साधनास्थलका रुपमा विकास गर्नुपर्नेमा उनले जोड दिए । उनले रापेका बिरुवाको उचित हेरचाह, संरक्षण र व्यवस्थापनमा ध्यान दिन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन समेत दिए । उनका अनुसार पशुपति क्षेत्रमा रुद्राक्ष, श्रीखण्ड, वरपिपल, पारिजात, बेल तथा अन्य धार्मिक वृक्षको उद्यान बनाइनेछ ।

    कार्यक्रममा खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलिलाले उक लाख रुद्राक्षको विरुवा उपलब्ध गराउने घोषणा गरे । कार्यक्रममा मुख्यसचिव शंकरदास वैरागी, काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेन तथा कोषका पदाधिकारीहरुले वृक्षारोपण गरेका थिए । वृक्षरोपण अभियान निरन्तर संचालन हुने कोषले जनाएको छ । बिरुवाको गोडमेल, मलजल र संरक्षणको जिम्मा कोषले लिनेछ । कोषले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा वृक्षारोपण अभियानलाई समेटेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend