logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • रोजगारीका लागि भारत जानेको संख्या बढ्न थाल्यो

    रोजगारीका लागि भारत जानेको संख्या बढ्न थाल्यो

    4K
    Shares
    रोजगारीका लागि भारत जानेको संख्या बढ्न थाल्यो

    जाजरकोट । नेपाल–भारत सीमानाका जमुनाहा हुँदै भारत जाने नेपालीहरुको संख्या बढ्न थालेको छ । असारे खेतीबाली सकेर परिवारको आवश्यकता पूरा गर्न दैनिक हजारौं संख्यामा नेपाली नागरिक भारततर्फ जाँदै गरेको दृश्य जमुनाहा नाकामा देखिन थालेका हुन् ।

    धान रोपाई गरेर नेपालीहरु आयआर्जनका लागि दैनिक सयौँको संख्यामा भारत जाने गरेका छन् । धान रोपाई गरिसकेपछि स्वदेशमा काम नपाउने र काम पाएपनि उचित पारिश्रमीक नपाउने कारणले दैनिक नेपालीहरु भारत जान बाध्य भएका हुन् । नेपाल भन्दा सहज र ज्याला पनि बढी भएको कारण भारत जाने नेपालीहरुको संख्या बढेको छ । पहाडी भेगमा काम पाएपनि दैनिक जोहो गर्न ज्याला नभएको जाजरकोटका शेर बहादुर शाहीले बताए । उनले आफ्नो गाउँमा भनेको जस्तो काम नपाउने र पाएको कामले परिवार पाल्न नै गाह्रो भएकोले केही कमाउन सकिन्छ कि भनेर भारत जान लागेको बताए ।

    पहिल्यैदेखि भारतको सिमलामा काम गर्दै आएका रामबहादुर बिक जेठ महिनामा खेती लगाउनका लागि घर फर्किएका थिए । तर भारतमै काम गर्न सहज भएको कारणले पुनः कामका लागि भारत फर्कन लागेको उनले बताए ।

    पछिल्लो समय नेपालका पहाडी जिल्लामा धान तपाईंको काम लगभग सकिएको छ । भारतमा रोजगारीका लागि पुगेका नेपालीहरु वर्षायामको काम गर्न स्वदेश फर्किए पनि अब बिस्तारै पुनः रोजगारीका लागि भारत नै जान लागेका हुन् । सुदूरपश्चिमका नेपाल–भारत सीमानाकामा धेरै श्रमिकहरु भारत जाने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । अहिले दैनिक सयौँको संख्यामा नेपालीहरु रोजगारीका लागि भारत जाने गरेका हुन् । नेपालमा काम गरे अनुरुपको पारिश्रमीक नपाउनु र काम गरेको पारिश्रमिकबाट घरपरिवारको गुजारा चलाउन नसक्नु उनीहरुका लागि पीडाको विषय बनेको छ । अधिकांश रोजगारीका लागि भारत पलायन भएका नेपाली नागरिकहरु नेपालमा गरेको कामको पनि उचित पारिश्रमीक नपाएका कारण भारत कामका लागि जाने गरेको बताउँछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend