logo

२०८१ असोज २२ मंगलबार

logo
  • मंगलबार, २२ असोज २०८१
  • महिला साफ च्याम्पियनसिपः महिला टोलीको साफ तयारी

    महिला साफ च्याम्पियनसिपः महिला टोलीको साफ तयारी

    5.3K
    Shares
    महिला साफ च्याम्पियनसिपः महिला टोलीको साफ तयारी

     

    काठमाडौं । भदौ तेस्रो साता नेपालमा छैठौं संस्करणको महिला साफ च्याम्पियनसिप हुँदैछ । च्याम्पियनसिपका लागि यति बेला महिला टोली अभ्यासमा ब्यस्त छ । शहीद स्मारक ‘ए’ डिभिजन लिग क्लव एपिएफका प्रशिक्षक कुमार थापाले नेपाली महिला टोलीलाई प्रशिक्षण दिइरहेका छन् । उपविजेता भन्दा माथि पुग्न नसेकेको टोली घरेलु मैदानलाई सदुपयोग गर्दै इतिहास रच्ने रणनीतिका साथ तयारीलाई तीब्रता दिइरहेको छ ।

    दक्षिण एशियाको प्रतिष्ठित प्रतियोगिता महिला साफको छैठौं संस्करण भदौ २१ देखि असोज ३ गतेसम्म नेपालमा आयोजना हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) मा नयाँ नेतृत्व आएसँगै नेपालले आयोजनाका लागि प्रश्ताव गरेको थियो । स्विकृत भएपछि घरेलु मैदानमा आयोजना हुँदा हौसिएको नेपाली महिला टोली उपाधि राख्ने लक्ष्यका साथ अभ्यास पनि थालेको हो । साफ इतिहासमा उपविजेता भन्दा माथि पुग्न नसकेको नेपाली टोलीलाई प्रशिक्षणको जिम्मा एन्फाले कुमार थापालाई दिएको छ ।

    थापाले ५८ खेलाडीलाई डाकेर अहिले प्रशिक्षण गराइरहेका छन् । करिव एक साता अभ्यास गरिसकेको नेपाली टोलीले यसअघि राष्ट्रिय खेलकुद परिषद्को प्रशिक्षण अन्तर्गत एशियन गेम्सका लागि अभ्यास गरेको थियो । एशियन गेम्सको तयारीका लागि अभ्यास गरेको टोलीसहित केही नयाँ अनुहारलाई समावेश गर्दै प्रशिक्षक थापाले अभ्यास गराइरहेका छन् । यसअघि पनि महिला टोलीको जिम्मेवारी सम्हालिसकेका कुमार थापाले काठमाडौंमा प्रतिष्पर्धी टोली बढ्दै गएको अवस्थापनि घरेलु मैदानमा आयोजना हुन लागेको प्रतियोगिता सफलता निकाल्ने लक्ष्यका साथ तयारी गरिरहेको बताए ।

    यसअघि साफ नेपालमा दुई संस्करण सम्पन्न भइसकेको छ । विराटनगर र पोखरा सम्पन्न भएका प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो । चार संस्करणमा उपविजेता हुँदा भारत नेपालको तगारो हुँदै आएको छ । अनुभव लिइरहेको स्थानमा खेलेर उपाधि लक्ष्य राख्नु स्वभाविक पनि हो । प्रतियोगिता हुने मिति नजिकिएसँगै तयारी शुरु गर्ने रोग नेपाली फुटबलको हो । अझ महिला प्रतियोगिता सिमित हुने गरेका छन् । प्रशिक्षक थापाले महिला फुटबलको संरचना नै कमजोर भएको भन्दै ७ हप्ताको अवसर पर्याप्त भएको प्रतिक्रिया दिए ।

    नेपालमा आयोजना हुन लागेको साफ च्याम्पियनपसिपका लागि उपाध्यक्ष तथा कार्यसमितिका सदस्यहरुलाई समेटेर एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजत्वमा १८ सदस्यीय आयोजक कमिटी गठन गरिएको छ । यस्तै स्थान व्यवस्थापकमा रविन्द्र चन्द, स्थानीय संयोजकमा विजय घले र प्रतियोगिता सुरक्षा प्रमुखको रुपमा दिनेश व्यञ्जनकारलाई जिम्मेवारी दिइएको छ । त्यस्तै सञ्जिव शिल्पकारलाई बजार व्यवस्थापन, ब्रोडकास्टिङ र प्रतियोगिताको डिजिटल अधिकार दिइएको छ । नेपालमा तय भएको प्रतियोगिता पूर्व घोषित मिति भन्दा एक साता पछि धकेलिएको छ । यसअघि साफ च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म आयोजना हुने तालिका थियो । प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगलादेश, माल्दिभ्स, श्रीलंका र फिफाबाट प्रतिवन्ध फुकुवा भएको पाकिस्तानले पनि प्रतिष्पर्धा गर्ने तालिका रहेको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend