logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • माओवादी केन्द्रको प्रदेशका पूर्व निर्धारित बैठकहरुको समय परिवर्तन

    माओवादी केन्द्रको प्रदेशका पूर्व निर्धारित बैठकहरुको समय परिवर्तन

    3K
    Shares
    माओवादी केन्द्रको प्रदेशका पूर्व निर्धारित बैठकहरुको समय परिवर्तन

     

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले प्रदेशका पूर्व निर्धारित बैठकहरुको समय परिवर्तन गरेको छ । शुक्रवार पार्टी कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले पूर्व निर्धारित प्रदेशस्तरीय बैठकको समय परिवर्तन गरेको हो ।

    पार्टी अध्यक्ष पुष्पकमल दाहाल आगमी साउन २१ देखि २५ गतेसम्म जापान भ्रमणमा जाने भएका कारण बैठक सारिएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बताए । उनले आगामी साउन २१ गतेदेखि २५ गतेसम्म नेपाली जनप्रगतिशील मञ्चको निम्तोमा अध्यक्ष दाहाल जापान जान लागेको बताए । प्रवक्ता महराले बैठकले प्रदेश १ को २६ गते, मधेस प्रदेशको बैठक २ गते, लुम्बिनी प्रदेशको २९ गते र सुदूरपश्चिमको बैठक ४ गते बस्ने बताए । उनले प्रवासको बैठक ६ गते, विशेष प्रदेशको बैठक ४ गते र सम्पर्क मञ्चको बैठक ८ गते बस्ने बताए ।

    उनले भने, ‘हामी फेरि १५ गते ३ बजे बस्छौं । अध्यक्ष कमरेड नेपाली जनप्रगतिशील मञ्चका निम्तोमा जापान जाँदै हुनुहुन्छ २१ गते । २१ देखि २५ गतेसम्म उहाँको जापान भ्रमण हुने भएकोले हामीले पहिला निर्धारित प्रदेशका बैठकहरुको बारेमा जुन तालिका थियो त्यो परिवर्तन गरको छौँ । २० गते, २२ गते र २४ गतेको कार्यक्रम परिवर्तन गरेका छौँ । मधेस प्रदेशको पहिला २९ गते थियो २ गते सारियो, प्रदेश १ को २६ गते हुनेभयो । लुम्बिनी प्रदेशको २४ गते थियो, २९ गते हुनेभयो । सुदूरपश्चिमको २८ गते थियो ४ गते हुने भयो । प्रवासको ६ गते र विशेष प्रदेशको ४ गते र सम्पर्क मञ्चको ८ गते हुन्छ ।’

    पार्टी पदाधिकारीका बारेमा टुंगो लगाउन स्थायी कमिटीको बैठक साउन १५ गते बस्नेछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend