logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • जलविद्युत उत्पादनको लागत कम गर्ने भन्दापनि प्रतिष्पर्धी बनाउनुपर्छः विश्वनाथ पौडेल

    जलविद्युत उत्पादनको लागत कम गर्ने भन्दापनि प्रतिष्पर्धी बनाउनुपर्छः विश्वनाथ पौडेल

    3.7K
    Shares
    जलविद्युत उत्पादनको लागत कम गर्ने भन्दापनि प्रतिष्पर्धी बनाउनुपर्छः विश्वनाथ पौडेल

    काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले जलविद्युत उत्पादनको लागत कम गर्ने भन्दापनि प्रतिष्पर्धी बनाउनुपर्ने बताए । उनले विद्युत प्रशारण लाइन सरकार वा निजी क्षेत्र जसले बनाए पनि कम लागतमा बनाउने अवस्था सिर्जना गर्न आयोग तयार रहेको बताए ।

    उनले भने,‘ जलविद्युत क्षेत्रको लागत कसरी घटाउने भन्दा विद्युत क्षेत्रलाई प्रतिष्पर्धामा लैजाऔं । प्रशारण लाइन सरकार वा निजी क्षेत्रले जसले बनाए पनि कम लागतमा बनाउने अवस्था सिर्जना गरौं र उसले जसरी हाइवयमा निजी र सरकारी सवारी चल्छ त्यसरी नै विद्युत चल्न दिऔं । मार्केट कसैले खोज्छ भने खोज्न दिऔं । बचेर उसले पैसा कमाओस् । त्यो विषयमा म सहमत छु । त्यसमा हामीले गर्नुपर्ने काम केके हो हामीले गरौँला । हामीले अनाश्यक रुपमा विद्युतलाई देशमा बेच्ने की विदेशमा भन्ने कुरा बढी गछौं । मलाई लाग्दैन कसैको असहमति छ । पाउन्जेलसम्म देशभित्र नै खपत गर्ने हो । नेपालमा नेपालीलाई विद्युत बाल्न नदिऔं विदेशमा नै बेचौं भनेर कसैले भनेको छैन । यो विषय धेरै वहस गर्न जरुरी छैन ।’

    उपाध्यक्ष पौडेलले नेपालको विद्युत व्यापारको विषयमा धेरै वहस गर्न आवश्यक नभएको बताए । उनले नेपालमा उत्पादित विद्युत सकेसम्म नेपालमा नै खपत गर्न सक्नुपर्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend