काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य समायोजनको माग राख्दै अखिल (क्रान्तिकारी)ले विरोध प्रदर्शन गरेको छ । क्रान्तिकारीको केन्द्रीय समितिले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको हो ।
अन्तर्राष्ट्रिय बजारमा भारी मात्रामा मूल्य घट्दा पनि नेपाल आयल निगमले मूल्य घटाउन आनाकानी गरेको भन्दै क्रान्तिकारीले नेपाल आयल निगमको कार्यालय अगाडि दबाब मुलक बिरोध प्रदर्शन गरेको हो ।