बिहिबार, बैशाख १८ २०८२

बिहिबार, बैशाख १८ २०८२

सेनाप्रमुख एसपीपीको कार्यक्रममा उपस्थित हुनु गलत

सरकारले मिनि पाल्र्यामेण्टको अवहेलना गर्योः सांसद पौडेल

सरकारले मिनि पाल्र्यामेण्टको अवहेलना गर्योः सांसद पौडेल

सेनाप्रमुख एसपीपीको कार्यक्रममा उपस्थित हुनु गलत

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले सरकारले मिनि पाल्र्यामेण्टको अवहेलना गरेको आरोप लगाएकी छन् । बिहीवार सिंहदरबारमा बसेको राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताएकी हुन् ।

उनले सरकारले संसदीय समितिले माग गरेका एसपीपी सम्बन्धी डकुमेण्ट उपलब्ध नगराउनु मिनि पाल्र्यामेण्टको दुरुपयोग भएको जिकिर गरिन् । सांसद पौडेलले समितिले निर्देशन गरेका कुरा बिना अर्थ नै बंग्याउनु नहुने भन्दै सरकारले एसपीपी सम्बन्धी कुनै कार्यक्रममा सहभागी नहुने भनेर बोलिसक्दा पनि सेनाप्रमुख एसपीपीको कार्यक्रममा उपस्थित हुनु गलत भएको बताइन् ।

उनले भनिन्, ‘हामीले एसपीपी सम्बन्धी अहिलेसम्मको के के डकुमेण्ट छ त्यो मागेका थियौँ । एउटा सांसदले देशमा के भइरहेको छ त्यो सबै जानकारी पाउने अधिकार राख्छ । त्यो माग गरेपनि सामग्री आएन । कतिपय जवाफ सुन्दा त्यसले पूरा गर्दैनन् । हाम्रो अधिकारको कुरा हो । हामीले माग गरेका कुरा सरकारले दिनुपर्छ । मिनि पाल्र्यामेण्टलाई अवहेलना गर्नुहुँदैन । यो समितिले निर्देशन गरेका कुरा बिना अर्थ नै बंग्याउनु हुँदैन । सरकारले एसपीपी सम्बन्धी कुनै कार्यक्रममा सहभागी नहुने भनेर बोलिसक्दा पनि सेनाप्रमुख एसपीपीको कार्यक्रममा उपस्थित हुनु गलत हो । यसमा स्पष्ट हुनुपर्छ ।’

सांसद पौडेलले सरकार एसपीपीमा स्पष्ट हुनु आवश्यक रहेको बताइन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend