logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • आफुले बनाएको योजनामा काम गर्न नपाएको रामकुमारी झाँक्रीको गुनासो

    आफुले बनाएको योजनामा काम गर्न नपाएको रामकुमारी झाँक्रीको गुनासो

    2.9K
    Shares

    काठमाडौं । निवर्तमान शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफुले बनाएको योजना अनुसार काम गर्न नपाएको गुनासो गरेकी छन् । आज पत्रकार सम्मेलनको आयोजना गर्दै झाँक्रीले गत आर्थिक वर्ष २०७८ ७९ को अन्तिमसम्म काम गर्न पाएको भए मन्त्रालयको ८० प्रतिशतसम्म काम सक्ने दाबी गरिन् ।

    ८ महिना २० दिन मन्त्रालय बसेकी झाँक्रीले सम्हालेको मन्त्रालयको कार्यप्रगति गत आर्थिक वर्षमा ७० प्रतिशतभन्दा धेरै देखिएको छ । तर, यो कार्य प्रगतिलाई आर्थिक वर्षको अन्तिमसम्म राम्रोसँग काम गर्न पाएको भए ८० प्रतिशतभन्दा माथि पुर्याउने गरी काम गर्ने योजना बनाएको उनले दाबी गरिन् ।

    ‘गत आर्थिक वर्ष २०७८÷७९ मा शहरी विकास मन्त्रालयको कार्यप्रगति ७०।१ प्रतिशत छ,अन्तिमसम्म काम गर्न पाएको भए यो प्रगति ८० प्रतिशत पुग्थ्यो । सहरी विकास मन्त्रालयमा धेरै ठूला आयोजना छैनन् । ४५ देखि ५० लाख रुपैयाँका आयोजना छन् । यसमा ढल, खोला, नाला आदिलाई व्यवस्थित गर्ने आयोजना छन् । ठूला आयोजना भनेको भवन निर्माण लगायतका काम हुन्छन् । भ्यूटावर लगायतका ठूलो आयोजनामा पर्छन् । यस्तै, क्षेत्रीय र शहरी विकास र शहरी करिडोर लगायतका ठूला आयोजना हुन् । तर, यी आयोजनाहरू कहिल्यै समयमा सकिँदैनन् । बजेट ल्याएपछि अर्थमन्त्रालयले १० महिनामा १०–१० प्रतिशत काम गर भनेर भनेको थियो । त्यो सूत्रलाई माइलस्टोनका रुपमा लिएर हामीले मंसिरदेखि काम सुरू गरेका थियौं । जेठको २३ गते असार मसान्त अगावै ५१ वटा नगरपालिकामा ५०–५० करोड रुपैयाँ लगानीका रुपमा लगानी गर्ने भनेका थियौं । त्यसपछि १० वटा सिमानाका सहर आर्थिक विकासका आधार हुन भनेर अघि बढाइएको थियो । यी विषयले राम्रा सहर भएपछि आर्थिक गतिविधि हुन्छ र पर्यटकको गतिविधि बढ्छ भनेर योजना ल्याइएको थियो ।’ उनले भनिन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend