logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • अहिलेको निर्वाचन प्रणालीमा समस्या छः गणेशकुमार पहाडी

    अहिलेको निर्वाचन प्रणालीमा समस्या छः गणेशकुमार पहाडी

    2.6K
    Shares
    अहिलेको निर्वाचन प्रणालीमा समस्या छः गणेशकुमार पहाडी

    काठमाडौं । नेकपा एमालेका सांसद गणेशकुमार पहाडीले अहिलेको निर्वाचन प्रणालीमा समस्या रहेको बताएका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अहिलेको निर्वाचन प्रणाली भड्किलो र महंगो रहेको बताएका हुन् ।

    उनले अहिलेको निर्वाचन प्रणालीबाट महिला मात्रै नभइ पुरुषहरु पनि प्रत्यक्ष निर्वाचन लड्न डराइरहेको बताए । उनले निर्वाचन प्रणाली महंगो भएकोले पुरुष सांसदहरु पहिलो हुने निर्वाचन प्रणालीबाट भागेर समानुपातिकतिर जान खोजिरहनुभएको बताए । सांसद पहाडीले अहिले सांसदहरुमा प्रत्यक्ष भन्दा समानुपातिकमा चुनाव लड्ने होडबाजी रहेको दाबी गरे । उनले निर्वाचन प्रणालीलाई सस्तो र सरल बनाउनेतर्फ जानसकेमात्रै ्रत्यक्षतर्फ प्रतिष्पर्धामा आउन महिला पुरुष सबै अग्रसर हुने बताए ।

    उनले भने, ‘अहिले हाम्रो समस्या निर्वाचनमा छ । निर्वाचन महंगो छ, भड्किलो छ । महिलाहरु मात्रै होइन, पुरुषहरु पनि पहिलो हुने निर्वाचन प्रणालीबाट भागेर समानुपातिकतिर जान खोजिरहनुभएको छ । किनभने जीवनभर राजनीति गर्नुभएको छ, चुनाव लड्न पैसा छैन । त्यसकारण प्रत्यक्षबाट भागेर समानुपातिकमा बस्नको लागि प्रतिष्पर्धा र होडबाजी छ । समस्या त्यहाँ छ । त्यसैले हाम्रो निर्वाचन सस्तो सरल बनाउनेतर्फ हामी जाने हो भने स्वभाविक रुपमा प्रत्यक्षतर्फ प्रतिष्पर्धामा आउन महिला पुरुष सबै अग्रसर हुनेछन् । त्यसले पनि हाम्रो प्रतिनिधित्वलाई सुनिश्चित गर्छ ।’
    उनले यो निर्वाचन प्रणालीले कुनैपनि दलले स्पष्ट बहुमत ल्याउने कुरालाई निरुत्साहीत गरिरहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend